Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

झगेन्द्र खड्का

गौरादह, १ माघ । आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले नेपालको संविधानले प्रदान गरेको संघियता कार्यान्वयनको सन्दर्भमा सहकार्य, सहकार्यता र समन्वयको आधारमा प्रदेश सरकारले काम गर्ने बताएका छन् । मंगलबार झापाको गौरादहमा पत्राचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्किले प्रदेश सरकारले प्रदेश संरचनाको ११औं महिनाको अवधिमा प्रदेशलाई बलियो बनाउने, सुदृढ गर्ने र संविधानले प्रदान गरेका अधिकारलाई व्यवस्थापन गर्ने क्रममा २४ वटा कानुन निर्माण गरेर कार्यान्वयनको प्रक्रियामा बढेको बताएका छन् ।

प्रदेश सरकारलाई आवश्यक पर्ने १२ वटा कानुन बनाउन बाँकी रहेकाले त्यसका लागि आन्तरिक तयारी गरिसकेको बताए । माघ महिनाको दोस्रो वा तेस्रो सातामा शुरु गरिने प्रदेश सभाबाट प्रदेश नाम र राजधानी तय गरिने बताए । सरकारले निती कार्यक्रम बजेट मार्फत ल्याएका भौतिक संरचना निर्माण, सडक निर्माण, पुल कर्भट निर्माण, कृषि भूमी सुधार परियोजना अगाडि बढाउने र बजेट कार्यान्वयन तर्फ सरकार अगाडि बढेको बताएका छन् ।

सुरक्षा निकायको औपचारिक ऐन प्रदेश सरकार सँग अन्तराष्ट्रिय सिमा सुरक्षा, सेना परिचालन, शसस्त्र प्रहरी परिचालनको औपचारीकता नभएपनि जनताको जीउ धनको सुरक्षा, प्रदेश भित्र शान्ति सुरक्षा अमन चयन नियन्त्रणका लागि क्षेत्र अधिकार भित्र रहेकाले त्यसलाई व्यवस्थीत गरिएको बताए । संघिय सरकारमा पेश भएको प्रहरी ऐनमा प्रदेश सरकारको अधिकार मिचिएको कुरा आएकोले त्यसका लागि संघिय सरकार सँग पहल गर्ने बताए ।

विपद ब्यवस्थापन, शुरक्षा संयन्त्रलाई बलियो बनाउने सम्बन्धी १३७ वटै स्थानिय तहमा छलफल गरिसकिएको वताउदै आम सञ्चार निती तर्जुमा गरि सञ्चार क्षेत्रलाई विकसित गर्दै लैजाने कार्य अगाडी बढिसकेको वताए । प्रदेश प्रहरी गठन, प्रहरी परिचालन गर्ने अधिकार प्रदेश सरकारको संवैधानिक अधिकार रहेको वताएका छन् । हाल सम्म प्रदेश नं. १ मा ११ हजार जनपथ प्रहरी रहेकोमा यसको संख्या वढाई १८ देखी १९ हजार प्रहरी आवश्यक रहेको बताए । जनताको जिउधनको सुरक्षाको प्रत्याभुती दिनको लागी १४ वटा जील्ला र प्रदेश प्रहरी कार्यालय स्थापना गर्ने लक्ष्य रहेको बताए ।

प्रहरी कार्यालयहरुमा सवारी साधनको पहुँच पु¥याउनको लागी २०० थान मोटर साइकल वितरणको लागी टेन्डर आह्वान गरिसकिएको जानकारी गराउदै उनले जिल्ला प्रहरीलाई प्रहरी भ्यान समेत वितरण गरिने वताए । प्रदेश भित्र ४९ वटा प्रहरी चौकी स्थापना गर्नको लागी २७ करोड वजेट तर्जुमा गरिएको, शुरक्षा र विपद व्यवस्थापनको लागी पाइलट प्रोजेक्टको रुपमा एम्वुलेन्स, दमकल, प्रहरी भ्यान लगायतका सेवा एकै साथ उपलब्ध गराउने, मोटर बाटोको पहँुच पुगेका ७० वटा पहाडी गाउँपालिकामा एम्वुलेन्स वितरण गरिने मन्त्री कार्कीले वताए ।

प्रदेश भित्र लागुऔषध दुव्र्यसनी निराकरण गर्दै सक्षम अनुसाशित, इमान्दार र नैतिकवान नागरिक तयार गर्नको लागी सगरमाथा टिन्स् क्लबको स्थापना गरी प्रत्येक माध्यमिक विद्यालयमा कार्यक्रम पु¥याइने लक्ष्य रहेको कार्कीले जानकारी गराए ।
सडक शुसासन तथा दुर्घटना न्यूनिकरणका लागी प्रदेश सरकारले विषेश योजना ल्याएको भन्दै उनले यसको लागी झापा, मोरङ्, सुनसरी, उदयपुर र इलामका निश्चित ठाउँहरु छनोट गरिसकिएको र उल्लेखित स्थानहरुमा सि.सी. टि.भी. जडान्, सडक लेन विस्तार, यात्रु विसौनी निर्माण आदी कार्यको लागी डिपिआर शुरु गरिएको जानकारी गराए ।

यातायातको जोखिम नियन्त्रणका लागी सप्तकोशी व्यारेज संगै जोडिएको कोशी गाउँपालिकामा अत्याधुनिक रिफ्रेस्मेन्ट सेन्टर स्थापना गर्नको लागी १५ विघा जग्गा अधिग्रहण गरिसकिएको मन्त्री कार्कीले पत्रकारहरु माझ जानकारी गराए गौरिगञ्ज मा रहेको आठमौजा छोटी भन्सार कार्यालयलाई मुख्य भन्सारको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया के हुँदैछ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्रि कार्कीले भारत सँग सीमाना जोडिएको गौरीगंजलाई मूख्य भन्सारको रुपमा स्तरोन्नती गर्न भारत सरकार सँग छलफल भइरहेकाले नाकाको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाईसकेको बताए ।

तपाईको प्रतिक्रिया