Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

झापा, २३ फागुन २०८१ । झापामा विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहुलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय पोशाकमा रहेको विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बिर्तामोड नगरपालिका-३ का ४६ वर्षिय कुमार बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिँजो (बिहिबार) बिहान १० बजेको समयमा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार स्थित महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालय पोशाक मै मादक पदार्थ सेवन गरी विद्यालय आएको भनि सोही विद्यालयको शिक्षक मार्फत इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएको थियो । विद्यालय पोशाकमा रहेको विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बस्नेतलाई आज पक्राउ गरी फौजदारि अपराध संहिता २०७४ को अभद्र व्यवहार कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया