काठमाडौं, १६ फागुन २०८१ । कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ । उनको शुक्रबार दिउसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कलाकार तथा कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।
केही फिल्मका निर्माता समेत रहेका सिंह पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । खड्का अनुसार उनको शुक्रवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी थालिएको छ ।