Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, १६ फागुन २०८१ । चलचित्र ‘लाज शरणम्’मा अभिनेता दयाहाङ राई पनि छन् । बुधबारबाट रिलिजमा आएको चलचित्रमा दयाहाङ राई पनि रहेको निर्माण टिमले रिलिज हुँदासम्म लुकाउन सफल भएको थियो ।

दयाहाङ ‘लाज शरणम्’मा केमियोमा छन् । थिटएरमा उनलाई छोटो भूमिकामा देख्न सकिन्छ । उनको केमियो चलचित्रमा कति महत्वपूर्ण छ रु यो भने चलचित्र हेर्ने दर्शकले अनुभूत गर्छन् ।

‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिज भएको ‘लाज शरणम्’ले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल विजय बराल, महेश त्रिपाठी, सागर लम्साललागयत कलाकार मुख्य भूमिकामा छन् ।

 

तपाईको प्रतिक्रिया