Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सुमन खतिवडा ( एपेक्स हस्पिटल सुनसरी )

इटहरी- विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको झाडापखालाबाट ज्यान जाने गरेको पाइन्छ । बालबालिकाका लागि झाडापखाला जोखिमयुक्त रोग हो । बालबालिकालाई झाडापखालाबाट बचाउन विशेष ध्यान दिन जरुरी छ । यी हुन् बालबालिकालाई झाडापखाला लाग्ने कारण र यसका उपचार विधि

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

कारण
-शिशु जन्मिएको पाँच महिनासम्म आमाको दूध मात्र चुसाउनुपर्छ । त्यसपछि पनि उचित मात्रामा गाई–भैँसीको दूध खुवाउनुपर्छ । नत्र दूधले पनि झाडापखाला लाग्न सक्छ ।

-पछिल्लो समय बालबालिकालाई ड्राई फुड खुवाउने प्रचलन बढ्दो छ तर प्याकेजिङ गरिएका ड्राई फुड, दूधलगायत खानेकुराले बालबालिकालाई झाडापखाला लाग्न सक्छ ।

-गृहिणीले राम्रोसँग हात नधोईकन खाना खुवाउँदा पनि खानाका माध्यमबाट बालबालिकाको पेटमा झाडापखालाका कीटाणु प्रवेश गर्छ ।

-राम्रोसँग सफा गरेको भाँडामा राखेर मात्र बालबालिकालाई खाना खुवाउनुपर्छ । नत्र झाडापखाला लाग्न सक्छ ।

-झाडापखालाको अर्को प्रमुख कारण बोतल फिडिङ पनि हो । आमा दिनमा काममा गएको वेला बच्चालाई बोतलको दूध खुवाउने गरिन्छ तर यसो गर्दा झाडापखाला लाग्न सक्छ । बोतललाई जति नै सफा गरे तापनि त्यहाँ कीटाणुहरू भने टाँसिएर बसिरहेका हुन्छन् । त्यसैले बच्चालाई दूध खुवाउँदा कहिल्यै पनि प्लास्टिकको भाँडा प्रयोग गर्नु हुँदैन ।

उपचार विधि
– बच्चालाई पखाला लागेमा प्रशस्त मात्रामा जीवनजल खुवाउनुपर्छ । जति धेरै पखाला लाग्यो उति धेरै पानी खुवाउन जरुरी हुन्छ ।

– विशेषगरी बालबालिकालाई पखाला रोक्नका लागि औषधिको प्रयोग गर्नु हुँदैन । हामीकहाँ धेरै पखाला लाग्यो भने रोक्नुपर्छ भन्नेजस्ता गलत मानसिकता पनि छ । पखालाका माध्यमबाट कीटाणु र फोहोर बाहिरिने भएकाले औषधि खुवाएर पखाला रोक्ने गर्नु हुँदैन । बढी मात्रामा पानी र जीवनजल खुवाएमा ४(५ दिनमै रोकिन्छ ।

– बालबालिकाको पखालालाई निर्मूल पार्नका लागि खाली पानी मात्र पनि खुवाउनु हुँदैन । आमाको दूध र जीवनजल खुवाउनुपर्छ र एक वर्षभन्दा माथिको बच्चालाई अग्र्या्निक खानेकुरा खुवाउनुपर्छ।

– बालबालिकालाई प्रशस्त मात्रामा घरेलु झोल पदार्थ खुवाउनुपर्छ । आमाको दूध खाने बच्चा भए साबिकभन्दा बढीपटक चुसाउनुपर्छ ।

– लामो समय लगातार पखाला लागेमा भने चिकित्सककहाँ लैजानुपर्छ ।

तपाईको प्रतिक्रिया