Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

एजेन्सी, ८ माघ २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुने तयारी छ। सुप्रिम सहकारीको बचत रकम अपचलनको मुद्दा दायर भएपछि उनी बुटवल जान लागेका हुन्।

सभापति लामिछाने अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको उनका सहयोगी प्रमोद न्यौपानेले जानकारी दिए।

जिल्ला अदालत रूपन्देहीमा लामिछानेसहित २२ जनाविरूद्ध मुद्दा दायर भएको छ। बुटवलको सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत वैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ।

सहकारीका संरक्षक समेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु ९जिबी० राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा १७ जनालाई सहकारी ठगीसँगै संगठित अपराधमा समेत बिहीबार पूरक मुद्दा लगिएको थियो।

उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ।

 

तपाईको प्रतिक्रिया