Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

२४ पुष २०८१ । डोटीमा ड्युटी गर्दागर्दै बेहोस् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो । बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए । उनलाई बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए।

सोही ठाउँमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात् थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्। प्रहरीका अनुसार उनी पहिला पनि ड्युटीमा रहेका बेला पटक पटक बेहोस भएर ढलेका थिए ।

 

तपाईको प्रतिक्रिया