Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

इटहरी- हाम्रो मुखको पछाडी दाहिने र देब्रे कुनामा टन्सिल रहेको हुन्छ । टन्सिल आफैंमा रोग होइन । घाँटीको संक्रमणले गर्दा कहिले काही टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस् भनिन्छ । प्रायः बच्चालाई टन्सिलाइटिस् धेरै मात्रामा हुने गर्छ । यो समस्या जुनकुनै उमेर समूहका मानिसमा पनि हुन्छ । यो समस्या एकपटक देखिन पनि सक्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

-सुमन खतिवडा, (एपेक्स हस्पिटल, सुनसरी)

 

यस कारण हुन्छ टन्सिलाइटिस्टन्सिलाइटिस् हुने प्रमुख कारण संक्रमण नै हो । सुरुमा भाइरल संक्रमण हुने र पछि ब्याक्टेरियाले थप संक्रमण गरेपछि टन्सिल पाक्ने र सुन्निने हुन्छ । बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकाइ नामको ब्याक्टेरियाबाट यसको संक्रमण हुन्छ ।
लक्षण
– घाँटी दुख्ने
– थुक निल्न पनि गाह्रो हुने
– ज्वरो आउने – टाउको दुख्ने
– टन्सिलमा पिप देखिने
– खाना खान मन नलाग्ने
– आलस्य हुने
– घाँटीको ग्रन्थीहरू सुन्निने
– वान्ता हुने
– वाक्वाकी लाग्ने
– पेट दुख्ने
पहिचान कसरी गर्ने
टन्सिलाइटिस् भएरनभएको थाहा पाउन घाँटीको जाँच गर्नु पर्ने हुन्छ ।
टन्सिल सुन्निएमा र पिप देखिएमा टन्सिलाइटिस् भएको यकिन हुन्छ । रगतको जाँचले रोगको गम्भीरता थाहा पाउन सकिन्छ । घाँटीको थुकको कल्चरले कुन ब्याक्टेरियाका कारण संक्रमण भएको हो पुष्टि हुन्छ ।
उपचार विधी
टन्सिलाइटिस्को उपयुक्त उपचार एन्टीबायोटिकको प्रयोग नै हो । चिकित्सकको सल्लाहमा मात्रै एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । फार्मेसीबाट आफुखुसी औषधि ल्याएर कदापी खानु हुँदैन । दुखाई कम गर्ने औषधि र घाँटी कुल्ला गर्ने औषधिले पनि संक्रमण घटाउन मद्दत पुग्छ । यो बेला चिसो र चिल्लो खानेकुरा खानु हुँदैन ।
कस्तो अवस्थामा गर्ने टन्सिलको शल्यक्रिया
बारम्बार दुःख दिइरहने टन्सिललाई अपरेसन गरेर निकाल्ने गरिन्छ । निम्न अवस्थामा चिकित्सकले टन्सिलको शल्यक्रिया गरी निकाल्ने गर्छन
– एक वर्षमा सात चोटि वा सो भन्दा बढी टन्सिलाइटिस् भएमा वा दुई वर्षसम्म हरेक वर्ष पाँच चोटि भन्दा बढी टन्सिलाइटिस् भएमा ।
– टन्सिलाइटिस्को जटिलता स्वरुप टन्सिलको वरिपरि दोस्रो पटकसम्म पिप जमेमा ।

तपाईको प्रतिक्रिया