Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

काठमाडौँ, १५ कार्तिक २०८१ । नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ।

आइतबार अनुमतिबिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो।

साथै उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि तत्कालका लागि उडानमा रोक लगाएको थियो।

थाइ एयरले माफी मागेपछी आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो।

योसँगै अब थाइले आइतबारदेखि (३ नोभेम्बर) दुबै विमानस्थलमा नियमित उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘थाइ एयरले माफी मागेर भैरहवाबाट उडान गर्ने गरी उडान तालिका पेस गरेपछी काठमाडौंबाट पनि उडान गर्ने सर्तमा उडान अनुमति फुकुवा गरिएको छ,’ उनले भने, ‘ अब थाइले दुबै विमानस्थलबाट नियमित उडान गर्नेछ’

तपाईको प्रतिक्रिया