झापा, १० कार्तिक २०८१ । झापामा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-५ देविबस्ती का ३६ वर्षिय शम्भु सहनी करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार अन्दाजी १ बजेको समयमा आफ्नै घरमा सिटि सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाइते भएका सहनीलाई उनकी श्रीमति पिंकी सहनीले प्रादेशिक अस्पतालमा ल्याइ उपचार गराइरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा शम्भु सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाइएको छ ।