झापा, ९ साउन २०८३ । झापाको मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याकबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
शनिबार दिउँसो करिब २ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो।
प्रहरीले उनको शरीर तलासी लिने क्रममा प्लास्टिकसहित ७ ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ।
लागूऔषधसहित उनले चलाउँदै आएको प्र।१–०१–०१३ प ५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका जबेगुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






