काठमाडौं, १० साउन २०८३ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयका तीन जना सदस्यलाई हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा हाल २७ जना छन् । सचिवालयमा रहेको संख्याको विषयमा आलोचना भएपछि हटाउने तयारी भएको उनी निकट स्रोतले जानकारी दिएको छ ।
“सचिवालयको संख्याका विषयमा निकै आलोचना भएको छ । सचिवालयबाट तीन जनालाई बिदा गर्ने तयारी प्रधानमन्त्रीज्यूको छ,” स्रोतले भन्यो ।
सचिवालयमा रहेका माधव खनाललाई हटाइएको बताए पनि औपचारिक निर्णय भने नभएको स्रोत बताउँछ । पासपोर्ट प्रकरणसँगै उनको भूमिकाप्रति असन्तुष्टि बढेपछि हटाउन लागिएको हो । “माधव खनालसँगै तीन जनालाई सचिवालयबाट हटाउने तयारी छ,” स्रोतले भन्यो ।






