झापा, २६ असोज २०८३ । झापामा सवारी दुर्घटनामा परी एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । हिजो साँझ ५ः३० बजे दमक नगरपालिका –९ बुद्ध चोकमा बा १–०१–०२५ च ४२०९ नं. को सुमोले पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय माधवप्रसाद भट्टराईलाई ठक्कर दिएको थियो । घाइते वृद्धलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राति १०ः४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै हिजो साँझ ५ः३० बजे कमल गाउँपालिका –५ टुकुरेस्थित भित्री सडक खण्डमा प्र १–०१–००२ ह ५७९३ नं. को सिटी सफारीमा चालक इलाम चुलाचुली गाउँपालिका –४ बस्ने ३३ वर्षीय डम्बर लिम्बूले आफ्नै छोरी ५ वर्षीया लोजिना लिम्बूलाई सोही सिटी सफारी पछाडि राखेर लैजाने क्रममा अचानक सिटीबाट लडी सिटीको बायाँ चक्कामा परी घाइते भएकी थिइन् ।
घाइते बालिकालाई उपचारको लागि खरखरे आम्दा अस्पताल दमक लगिएकोमा उपचारको क्रममा साँझ ६ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।






