Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

झापा, ९ साउन २०८३ । झापामा जापानीज इन्सेफ्लाइटिस रोगबाट एक महिलाको मृत्यु भएको छ । हल्दिवारी –२ निवासी मोहन राजवंशीकी श्रीमती प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट मृत्यु भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा आज उनको मृत्यु भएको जनाइएको छ । हल्दिबारी गाउँपालिका–२ कदमचोकमा व्यवसाय गर्दै आएकी नेपाली काङ्ग्रेसकी सक्रिय कार्यकर्तासमेत रहेकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमिलालाई दुई दिनअघि एक्कासि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। त्यसलगत्तै हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाको प्रत्यक्ष समन्वयमा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। सेतो लामखुट्टेको टोकाइका कारण सो रोग लाग्ने गरेको छ ।

 

तपाईको प्रतिक्रिया