Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

काठमाडौं, ९ साउन २०८३ । त्रिशूली नदीमा खसेर शनिबार ९साउन ९० एउटा भ्यान र त्यसका चालक बेपत्ता भएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डबाट भ्यान त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

बेलुका करिब ५ः४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट झन्डै २५ मिटर तल त्रिशूलीमा खसेको हो । दुर्घटनामा परेको गाडीका चालकको नामथर र ठेगाना खुल्न बाँकी छ । गाडीमा अरू व्यक्ति थिए वा थिएनन् भन्ने र दुर्घटनाको यकिन विवरण समेत प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

“बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ,” प्रहरीले भनेको छ ।

तपाईको प्रतिक्रिया