Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

सप्तरी, १७ पुस । गत पुस १२ गते सप्तरीको सप्तकोशी नगरपालिकामा मृत फेला परेकी एक जना महिलाको हत्या भएको खुलेको छ । प्रहरीले अनुसन्धानका क्रममा हत्या भएको पत्ता लगाउँदै हत्यारालाई पक्राउ समेत गरेको छ ।

सप्तकोशी नगरपालिका १० बस्ने रमेश श्रेष्ठकी २६ वर्षीया पत्नी पदिकी शेर्पाको शव घरदेखि एक सय मिटरको दूरीमा फेला परेको थियो । कुलोमा भेटिएको शवबारे अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुलेको सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

उनको हत्यामा संलग्न सोही ठाउँका सन्तोष तामाङ्लाई पक्राउ गरेको रिमालले बताए । ३७ वर्षीय तामाङले पुरानो रिसिइवीको कारण शेर्पालाई घर नजिकै रहेको नहर छेउमा ढुङ्गा र खुकुरी प्रहार गरी कर्तव्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

तामाङलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया