Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वीरगञ्ज, १६ पुस । पर्साको पकहामैनपुर गाउँपालिका १ मा धोरेमा ५ बर्षकी बालिकामाथि बलात्कार भएको छ । छिमेकी अन्दाजी २० बर्षका देवकुमार पटेलले बालिकाको बलात्कार गरेको आरोप लागेको छ । उनी फरार छन् ।

आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि अरुले थाहा पाएका थिए ।

पर्साका प्रहरी प्रमुख रेवती ढकालले बालिकालाई छिमेकीले बलात्कार गरेको भनी उजुरी परेकोले उनको खोजी भइरहेको बताए ।

‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ’ उनले भने ‘बालिकाको बलात्कार भएको उजुरी परेको छ । आरोपी फरार छन् । खोजी भइरहेको छ ।’

तपाईको प्रतिक्रिया