Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १६ पुस । प्रदेश नम्बर दुई सरकारले प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । फागुनको अन्तिम साताबाट प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

छलफलमा रहेको लोक सेवा विधेयक २०७५ प्रदेशसभाबाट पारित भएपछि प्रदेश प्रहरी भर्ना प्रक्रिया सुरु हुने आन्तरिक मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो । प्रदेश सरकारले पहिलो चरणमा एकहजार प्रहरी भर्ना लिने तयारी गरेको छ ।

गत असोज २७ गते प्रदेशसभाबाट विवादकाबीच बहुमतले पारित प्रदेश प्रहरी ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेको हो ।

आइतबार प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उहाँले ऐनलाई प्रमाणीकरण गर्नुभएको हो ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया