Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

झापा, १९ असोज २०८१ । सर्पले डसेर झापा बाह्रदशीकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ६ बजे बाह्रदशी गाउँपालिका– ५ घोडामारा बस्ने प्रकाश न्यौपानेकी श्रीमती अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिने पट्टीको खुट्टामा विषालु सर्पले डसेको थियो ।

तत्काल नाम नखुलेको विषालु सर्पले टोकी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा राति ८ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया