Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, १९ असोज २०८१ । मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आज बिहान ३:३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाले बताए ।

उनले भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिए । भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया