विराटनगर, १७ असोज २०८१ । मोरङको बेलबारी नगरपालिका–८ मा पैनीले बगाएर बिहीबार बिहान नाबालकको मृत्यु भएको छ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवालको मृत्यु भएको हो। घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको धानखेतमा बिहान ११स्३० बजेतिर शव फेला परेको जानकारी कार्कीले दिए।
घरनजिकको पैनीले बगाएर नाबालकलाई धानखेतमा पुर्याएको स्थानीयले प्रहरीलाई बताएका छन्। प्रहरीका अनुसार खेल्ने क्रममा नाबालक पानी बगिरहेको पैनीमा खसेको र त्यही पैनीले बगाएर खेतमा पुर्याएको प्रारम्भिक अनुमान छ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।






