Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

जेबि खड्का
गौरादह, १५ असोज २०८१ । झापा गाउँपालिकाको त्रिभुवन आधारभूत बिद्यालयमा पंखा बितरण गरिएको छ। समाजसेवी लक्ष्मी प्रसाद संग्रौलाले बिद्यालयलाई बिधुत पंखा हस्तान्तरण गरेका हुन।

बिद्यालयमा जस्ताको छानो भएकाले अत्याधिक गर्मी हुदा बिद्यार्थीलाई पठनपाठनमा समस्या भएको बिद्यालयका प्रधानाध्यापक सीताराम यादवले बताएका थिए। बिद्यालयमा आर्थिक समस्याका कारण पंखा राख्न नसक्दा बिद्यार्थीहरु गर्मीमा पसिना पुच्दै पढ्न बाध्य भएका थिए। संग्रौलाले त्रिभुवन आधारभूत बिद्यालयमा बिद्यालयको माग बमोजिम ४ वटा बिधुत पंखा हस्तान्तरण गरेका थिए। केही समय अगाडि गौरादह नगरपालिकाका साथै गौरीगंज र कमल गाउँपालिका भित्र रहेका बिद्यालयहरुमा स्मार्ट टेलिभिजन बितरण गरेका थिए।

पुर्ब प्रा.बि. मा अध्यानरत बिद्यार्थीहरुको शिक्षण कार्यमा सुधार र सामुदायिक बिद्यालय प्रति आकर्षण बढाउन बिद्यालयको माग अनुसार संग्रौलाले बिद्यालयमा पुगेर टेलिभिजन हस्तान्तरण गरेका थिए। गरिब दुखि तथा बिपन्न परिवारको समस्या समाधान गर्दै गाउँ घरका झुपडीमा सहयोग गर्दै हिडेका संग्रौला बिद्यालयमा पनि सहयोग गर्दै आएका छन। संग्रौलाले बिगत केही बर्ष अगाडि देखि नै गरिब तथा बिपन्न परिवारका घर आँगनमा पुगेर जाडो तथा गर्मी मौसम अनुसारका ओड्ने ओछ्याउने लुगा कपडा बितरण गरिरहेका थिए।आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीका साथै बिपन्न परिवारको साहारा बनिरहेका संग्रौला पछिल्लो समयमा सबै क्षेत्रमा सहयोग गर्दै आइरहेका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया