Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

झापा, १५ पुस । झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिबार लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक नगरपालिका–६ मा डेरा गरी बस्ने ३६ वर्षीयसंग्राम लिम्बूलाई शनिबार दिउँसो ३ बजे ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाईकलसमेत बरामद गरेको छ । पक्राउ परेका लिम्बूलाई सोधपुछको क्रममा अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्ने ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र भीमबहादुरकी साली झापा कचनकवल गाउँपालिका–२ घर भई उनकै कोठामा बस्ने ३६ वर्षीया रेवतीमाया डाँगीले बिक्री वितरण गर्ने गरेको खुल्न आएपश्चात उनीहरुलाई समेत २०२ ग्राम खैरो हेरोइनसहित कोठाबाट नै पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

साझामञ्चबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments