Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

झापा, ११ असोज २०८१ । झापामा आएको अविरल वर्षाका कारण बिरिङ नदीको पुलमा क्षति पुर्याएको छ । अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ ।

यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा– ७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, कचनकवल गाउँपालिका वडा न ०१ कुट्टी बजार देखी पुर्व सोमबारे बजार भेलामुनी टोल जाने अदुवा खोलामा रहेको काठको पुल अविरल वर्षाको कारणले पानिको बहाब बढी बाढी आई उक्त बाटोको काठको पुल आधी भाग भाँचिएको र मानिसको आवतजावत अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया