Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, १० असोज २०८१ । भक्तपुरको साँगानजिकै रहेको झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोपमा आशिका तामाङविरूद्ध उजुरी परेको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० जोड्ने झोलुङ्गे पुलमा तोडफोड र सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गरेको भन्दै सूर्यविनायक नगरपालिकाले तामाङविरूद्ध उजुरी दिएको हो। नगरपालिकाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो।

कानुनी मापदण्ड पूरा गरेर निर्माण गरिएको सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको, अराजक गतिविधि गरेको भन्दै नगरपालिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयको डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

‘उजुरी आएको छ, हामीले यस घटनामा अनुसन्धान थालेका छौं,’ डिएसपी अधिकारीले भने।

तीन वर्षदेखि सञ्चालनमा आएको झोलुङ्गे पुलमा वारपार गरेबापत नगरपालिकाले २० रूपैयाँ शुल्क लिँदै आएको छ।

पुल तर्न शुल्क लिएको भन्दै असोज ७ गते तामाङ नेतृत्वले टोलीले अस्थायी संरचना तोडफोड गरेको नगरपालिकाको भनाइ छ।

 

तपाईको प्रतिक्रिया