Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

विराटनगर, ९ असोज २०८१ । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो ।

कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया