Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

काठमाडौं, १८ साउन २०८१ । ईसेवाबाट दिनमा तीन पटक बढी पैसा पठाउँदा १० रुपैयाँ कारोबार शुल्क लाग्ने भएको छ। कम्पनीले बिहीबार सूचना जारी गरेर उक्त व्यवस्था सुरु भएको जानकारी दिएको हो।

आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’ बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यू आर मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १ देखि इसेवाको सेन्ड मनी सेवा प्रयोग गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ।

कारोबार दिनमा ३ पटक गरी महिनामा ३० पटकसम्म निस्शुल्क रहनेछ। साथै १०० रुपैयाँ मुनिका सबै सेन्ड मनी कारोबार निःशुल्क रहने छन्। यो बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लागू हुनेछ।

 

तपाईको प्रतिक्रिया