झापा, १६ साउन २०८१ । झापामा लागुऔषधसहित दमकका २ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-९ बस्ने २५ वर्षिय संजय लावती र दमक नगरपालिका-१० बस्ने २८ वर्षिय काजिमान गुरुङ रहेका छन् ।
बुधबार साँझ अन्दाजी ५ः२० बजेको समयमा भद्रपुर नगरपालिका वडा न.५ मेची पुल स्थित अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०१-०१२ प.४२७७ नम्बरको स्कुटी चालक लावती र स्कुटीमा पछाडी सवार गुरुङलाई शंका लागी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम १४० मिलिग्राम फेला परेकोले स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखी थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।