Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

जाडो मौसम स्वास्थ्य तथा सौन्दर्यका हिसाबले उपयुक्त मानिन्छ । यो मौसममा स्वास्थ्यमा पर्याप्त ध्यान नदिए समस्या उत्पन्न हुन्छ ।
– धेरैले जाडो मौसममा पानी कम पिउँछन् फलस्वरूप कब्जियतको समस्या सिर्जना हुन्छ । पाचनसम्बन्धी कारणले गर्दा यो समस्या अझ बढ्छ । यसबाट जोगिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाना खाएपछि जिराको धूलो खाए पाचन क्रिया ठीक रहन्छ ।

– चिसो हावा तथा चिसोका कारण टाउको दुख्न सक्छ । यस्तो अवस्थामा पिसेको जाइफल दूधमा मिसाएर टाउकोमा लगाउनुपर्छ–पीडाबाट आराम पाइन्छ ।

– जाडो मौसममा छालाका साथै ओठ फुट्ने समस्या पनि देखा पर्छ । फुटेको ओठमा नरिवलको तेल लगाउँदा फाइदा हुन्छ । यसले ओठलाई नरम तथा मुलायम बनाउँछ ।

– जाडो मौसममा कुहिना फुट्ने समस्या पनि प्रशस्तै देखिन्छ । यसमा प्याजको पेस्ट लगाए राहत मिल्छ ।

– जाडो मौसममा छातीमा कफ जम्छ । यसले धेरैलाई हैरान बनाएको हुन्छ । यसबाट छुटकारा प्राप्त गर्न अंजीर खानुपर्छ । अंजीरले कफ निकाल्नुका साथै खोकीबाट पनि राहत दिन्छ ।

– धेरै चिसो लाग्नु तथा ज्वरो आउनु पनि आमसमस्या हो । यसबाट जोगिन दिनमा तीन–चारपटक ज्वानोको धूलो खानुपर्छ । यसले चिसोबाट आएको ज्वरो ठीक हुन्छ ।

– रुघाखोकी तथा ज्वरो आए पुदिनाको पातको चियामा नुन तथा चिनी राखेर पिए लाभ मिल्छ ।

– कफ धेरै जम्मा भए दम बढ्छ । ज्वानोका साथमा मरिचको काँडा बनाएर पिए छिट्टै राहत प्राप्त हुन्छ ।

– जाडो मौसममा जोर्नीको पीडा आम हुन्छ । यसबाट छुटकारा प्राप्त गर्न धतुरोको पातमा तेल लगाएर तताउने र पीडा भएको ठाउँमा बाँध्ने ।

– जाडोमा तोरीको तेलमा ३–४ वटा लसुन हाली राम्रोसँग तताएर चिसो भएपछि मालिस गर्नुपर्छ । शरीर दुखेका बेला उक्त तेलले मालिस गर्दा आराम मिल्नुका साथै शरीर तातो रहन्छ ।

तपाईको प्रतिक्रिया