Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठमाडौं, २७ वैशाख २०८१ । लोकप्रिय एआई च्याट टूल च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो सर्च इन्जिन ल्याउने तयारी गरिरहेको छ । उक्त सर्च इन्जिनको नाम च्याट जिपिटी सर्च इन्जिन हुने बताइएको छ।

वाइ कम्बिनेटरके ह्याकर न्यूज कम्युनिटीका अनुसार ओपनएआईले एउटा प्रमाणपत्र प्राप्त गर्नुका साथै एउथा नयाँ डोमेन नाम search.chtgpt.com पनि दर्ता गरेको छ ।

डोमेनको वर्तमान स्थितिबाट धेरै कुरा पत्ता नलागेपनि च्याट जिपिटी सर्च इन्जिन अब छिटै नै एक वास्तविकता बन्न सक्ने अनुमान गरिएको छ । एआई इन्फ्लुएन्सर पिट हुआंगले मे ९ तारेखमै च्याट जिपिटी सर्च इन्जिन सार्वजनिक हुनसक्ने यसअघि नै बताएका थिए।

इदि च्याट जिपिटी सर्च इन्जिन वास्तविकतामा परिणत भयो भने त्यो ससक्त प्लाटफर्म बन्ने पक्का छ । यसले गुगल जस्ता पारम्परिक वेब सर्च इन्जिनको कार्यक्षमतालाई च्याट जिपिटी जस्तो जेनेरेटिभ एआइको क्षमतासँग जोड्नेछ।
यो सर्च इन्जिनमा कुनैपनि विषयका बारेमा सर्च गर्दा प्रयोगकर्ताहरुले सान्दर्भिक वेबपेज सँगै एआई सिर्जित सामाग्रीहरुको संयोजन हुनेछ। ऋर्थात् प्रयोगकर्ताले सम्बन्धित जानकारीको एआई सारांश सँगै थप गहन विवरणका लागि प्रत्यक्ष श्रोत दुवै प्राप्त गर्न सक्दछन् ।

हल इन्टरनेट सर्च इन्जिन बजारमा ९० प्रतिशत हिस्सा ओगटिरहेको गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतराको घण्टी हुनसक्ने विश्लेषण पनि नगरिएको छ ।

गुगल पश्चात् सर्च इन्जिनको बजारमा माइक्रोसफ्ट बिङ्ग रहेको छ ।

च्याट जिपिटी जस्ता जेनेरिक एआई सञ्चालित च्याटबट भन्दा फरक एउटा सर्च इनिजनले विज्ञापनहरुलाई एकीकृत गर्नसक्छ ।

च्याट जिपिटी सर्च इन्जिनको युजर इन्टरफेस सबै डिभाइसमा फरक फरक हुने आँकलन गरिएको छ । डेस्कटपमा वेब रिजल्ट्स र एआई सारांश एकसाथ देखाइनेछ भने स्मार्टफोनमा त्यो एकपछि अर्को गरेर देखिनेछ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया