Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

शिवगञ्ज, ३ माघ २०८० । राष्ट्रिय वाणिज्य बैंकमा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयमा बैकले आफ्नो धारणा सार्वजनिक गरेको छ । दुवै पक्ष बिच सहमति भइसकेको विषयलाई लिएर राजनीतिक स्वार्थ पूर्तिका लागि तेस्रो पक्षको उक्साहावटमा लागेर पीडितले बैकको बदनाम गराउने उद्देश्यले प्रचार गरेको बैकका ठम्याई छ ।

शिवसताक्षी नगरपालिका-६ की आशाकुमारी राजवंशीले जम्मा गरेको रकम मध्ये ३ लाख ४३ हजार रकम गौरिगञ्ज-१ देवीगडाका दीपेन्द्र कुमार राजवंशीले झिकेका थिए । उनले झिकेको रकम पीडितको खातामा स्थानीय प्रशासन, राजनीतिक दलका नेता, जनप्रतिनिधि र समाजका अगुवाको रोहवरमा पीडितकै खातामा समाजले तोकेको व्याज सहित फिर्ता गरेका थिए ।

रकम फिर्ता गर्दा दुवै पक्ष बिच कुनै मनमुटाब नगर्ने भन्दै हात मिलाएर गएको राष्ट्रिय वाणिज्य बैङ्कका शिवगञ्ज शाखा प्रमुख घनश्याम निरौलाले बताए । उनका अनुसार छलफल वाणिज्य बैकमा भएको थियो । प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेता समेत सहभागी छलफलमा पीडकले पीडित समक्ष माफ मागेर गएपछि पुन सञ्चारमाध्यम मार्फत बैकको विश्वसनीयता माथि शंका गर्नु दुख लाग्दो घटना भएको बैकका शाखा प्रमुख घनश्याम निरौलाले बताए । दुवै पक्ष बिच मेलमिलाप भएर गएपछि पीडितले सकिएको घटनालाई लिएर सञ्चारमाध्यम मार्फत पुन प्रचार गरेपछि बैकले घटनाको बारेमा यसरी नालीबेली लगाएको छ ।

यसरी भएको थियो घटना

खातावाला आशा कुमारीका श्रीमान् कृष्ण कुमार राजवंशी वैदेशिक रोजगारमा थिए । उनले विदेशबाट कमाएर पठाएको रकम श्रीमतीको खातामा जम्मा हुँदै थियो । विदेशबाट घर आएका बेला आफ्नो खातामा कति रकम जम्मा भइसकेको रहेछ भनेर कृष्णकुमार बैङ्क गएका थिए । उनलाई ‘नगद काउन्टरबाट एक लाख ५५ हजार छ भनियो ।’ उनले ‘कहाँ हुन्छ यति मात्र रु मेरो पैसा धेरै छ’, भने । त्यसपछि काउन्टरको कर्मचारीले पटक पटक गरेर एटिएमबाट नगद भुक्तानी भएको बताए । उनले फेरी थपे ‘मैले एटिएम लगेकै छैन, कसरी निस्कियो एटिएम बाट पैसा’ भने ।

यो दोहोरो संवाद पछि काउन्टरका कर्मचारी झस्किए । उनले शाखा प्रमुख घनश्याम निरौलाको कार्यकक्षमा उनलाई लिएर आए । घटनाका बारेमा शाखा प्रमुखले गम्भीर चासो लिए । बैकमा सेवाग्राहीको भिड लागेको कारण शाखा प्रमुख निरौलाले ‘अपराह्न ४ बजे पछि तपाईँको केस हेर्छु है,’ भनेर कन्भिन्स गरे । उनले पनि हुन्छ भन्दै घर तिर लागे ।

यसरी पत्ता लाग्यो

शाखा प्रमुखले एटिएम नै नचलाउने ग्राहकको रकम गायब भएको विषय करिब १५ मिनेटमै पत्ता लगाए । रकम निकाल्ने गौरिगञ्जका दीपेन्द्र कुमार राजवंशीलाई बैकबाट पहिलो पटक फोन गरे । उनले एटिएम साटिएछ । तुरुन्त बैकमा आउन आग्रह गरे । यति बेला ४ः१५ भएको थियो ।

फोनमा उनले पैसा निकालेको मिति र रकम बाहेक अरू कुरा भनेनन् । शाखा प्रमुखले सोधेको प्रश्नमा उनले सही जवाफ दिएका थिए । जुन कुरा बैकको स्टेट्मेनसग मिल्थ्यो । फोनमा शाखा प्रमुखको आग्रहलाई दीपेन्द्रले ५ बजे सम्ममा म बैकमा आउँछु भनेका थिए । तर उनी आएनन् । उनी बैकमा नआएपछि शाखा प्रमुख झन् आत्तिए ।

तोकिएको समयमा नआएपछि पुन फोन गरे । सर मेरा आउने साधन छैन म भोली आउँछु भने । पहिलो पटक आउँछु र दोस्रो पटक आज आउन भ्याइन भने पछि शाखा प्रमुखले इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरीलाई खबर गरे । उनी प्रहरी लिएर गौरिगञ्ज स्थित राजवंशीको घर तिर हुइँकिए ।

शिवगञ्जको प्रहरी टोलीले पछि केही पर्न सक्छ भनेर प्रहरी चौकी कुञ्जीवारिको टोलीलाई पनि तैनाथ रहन आग्रह गरे र उक्त टोली पनि साथमा लिए । राजवंशीको घर टोलीमा भएका कसैलाई थाहा थिएन । राति करिब ८ बजे गाउँमा सोध्दै प्रहरी सहितको टोली राजवंशीको घरमा पुग्यो ।

कहिले देखि निस्कियो रकम

दीपेन्द्र राजवंशीले २०८०/०६/०३ गते देखि २०८०/०७/१७ गते सम्म पटक पटक गरेर ३ लाख ४३ हजार निकालेका थिए । कुनै दिन त ५ पटक सम्म रकम निकालेका थिए । एकै दिन धेरै पटक रकम निकाल्दा चैँ दीपेन्द्रलाई यो रकम आफ्नो होइन भन्ने कुराको हेक्का हुनु पर्ने थियो ।

दीपेन्द्रले अघिल्लो दिन र भोली पल्ट पनि रकम निकालेका छन् । यसरी सरसर्ती हेर्दा छोराले पठाएको रकम हो होइन भन्ने कुरा उनलाई राम्ररी थाहा भएको हुनसक्ने बैकले जनाएको छ ।

एउटाको एटिएम अर्कैलाई

आशा कुमारी राजवंशीको एटिएम दीपेन्द्र कुमार राजवंशीकोमा परेछ । दोस्रो व्यक्तिले एटिएम लगेको हुँदा रकम भुक्तानी भएको पाइयो । यो घटनामा कृष्णकुमारले जानाजान रकम झिकेको हो वा होइन दैव जानुन् । तर, प्रहरी र बैकको शाखा प्रमुख घनश्याम निरौलाका अगाडी उनले भुलवश रकम निकालेको बताए । मेरो छोरा वैदेशिक रोजगारका लागि रोमानियामा छ । उसैले रकम पठायो भन्ने भयो र आवस्यक्ता अनुसार रकम निकाले । पैसा पठाएको छ भन्थियो । तिरो भरोका लागि रकम निकालेको दीपेन्द्रकुमारले बताए ।

‘बैङ्क कर्मचारीले एटिएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि परेको रहेछ । कपीपेष्ट गर्दा भुलवश एउटाको एटिएम अर्कोको मा जान पुग्यो । हामीले त्यस बेलाको सिसी फुटेज हेर्‍यौ । त्यसबेला बैकमा धेरै भिड भएकाले यो घटनालाई भुलवश भयो भन्ने हामीले ठहर गर्‍यो । यो नियोजित पटक्कै होइन ,’ बैकका शाखा प्रमुख निरौलाले भने ।

यसरी फिर्ता गरे

बैकका शाखा प्रमुखले राजवंशीलाई २४ घण्टा भित्र यो रकम फिर्ता गर्न उर्दी गरे । उनले सर यो अवधिमा सक्दिन भने । मोटो रकम भनेर उसो भए तीन दिनमा फिर्ता गर्न अनुरोध गरे । उनले यो समय पनि छोटो भएकाले १५ दिनको समय मागे । जनप्रतिनिधि, समाजका प्रतिष्ठित राजनीतिक कर्मी, प्रहरी सँग अनुनय विनय गरेपछि १५ दिन भित्रमा रकम जम्मा गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले तीन पटकमा दोस्रो व्यक्तिको खाताबाट निकालेको रकम उनकै खाताबाट जम्मा गरे । कात्तिक २४ मा १लाख, मङ्सिर ४ मा १लाख ४० हजार र मङ्सिर ५ मा १ लाख ३ हजार फिर्ता गरेका थिए । यो रकम उनले चलाएबापत समाजले तोकेको ७ हजार ५ हर्जाना पनि जम्मा गरिदिएका थिए ।

बैकलाई लागेको दुख

सञ्चारमाध्यममा आएको जस्तो बैक कर्मचारीको यो घटनामा कुनै पनि कारणले संलग्नता छैन । जसले रकम झिकेर लग्यो उसैले फिर्ता गरेको छ । बैकका कर्मचारी र बैकको नामबाट जम्मा भएको होइन । यो घटनालाई जोडेर केही व्यक्तिले राजनीतिक स्वार्थ पूर्तिका लागि प्रहरीमा निवेदन दिन पीडितलाई बाध्य पारिएको हाम्रो बैकको बुझाई छ । पीडितले इलाका प्रहरी कार्यालय झिलझिले र राष्ट्रिय वाणिज्य बैकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए । बैकलाई नै विपक्षी बनाई निवेदन दिनु अगाडी घटनाका बारेमा बैक सँग बुझिदिएको भए बैकको पनि स्पष्टताको अधिकार सुरक्षित हुनका साथै बैले कुनै दुख नमान्ने बैकका शाखा प्रमुख निरौलाले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया