Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौँ, १६ पुस २०८० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त भएका छन् । मन्त्रालयले सोमबार सह–सचिव पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघिका प्रवक्ता डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक भएर गएका छन् । त्यसपछि मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख रहेका पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

 

तपाईको प्रतिक्रिया