Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काम चलाउ बनेको सरकारले राजनीतिक नियुक्ति र सरुवा गर्न नमिल्ने बताएका छन् ।

आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवा सरकारले नियुक्ति र सरुवा–बढुवामा चलखेल गरेको भन्दै प्रधानमन्त्री देउवालाई जनमतको सम्मान गरेर सरकार छोड्न सुझाव दिए । देउवा सरकारले गर्भनर नियुक्तिमा चलखेल गरेको प्रचण्डले बताए ।

‘सरकार कामचलाउ भइसकेको सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्छ’, प्रचण्डले भने, ‘काम चलाउ सरकारले गर्भरनर नियुक्ति जस्तो विषयलाई समेत अगाडि बढाउनु गम्भीर विषय हो।’

तपाईको प्रतिक्रिया