Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, १० पुस २०८० । झापाको गौरीगञ्जमा धान लोड गर्दै गरेको ट्रकमा आगलागी भएको भएको छ । मंगलबार १०ः२० बजेको समयमा गौरीगञ्ज गाउँपालिका-३ हुक्कागाछी स्थित बासु देव ताजपुरीयाको काटामा धान लोड गर्दै गरेको अवस्थामा रविन खरीद बिक्रि कम्पनिको मे १ क ८००१ न. को हेबि ट्रकमा अचानक तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ट्रकको अगाडीको भाग ईन्जिनमा सामान्य क्षति हुदा अन्दाजी ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । उक्त आगलागीबाट मानविय तथा चौपाय क्षति भने नभएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोली , स्थानीयबासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया