Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, ८ पुस २०८० । दमकको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । आईतबार (आज) बिहान ३ बजेको समयमा झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर  C4 छाप्रा नं. ५३५ बस्ने भिम बहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीबाट मानविय तथा चौपाया क्षति नभएपनि ३ वटा घर, घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात र काठसमेत जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको प्रवक्ता रिजालले बताउनुभयो । शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा ४ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया