Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

-मनतातो पानीले अनुहार राम्ररी भिजाउनुपर्छ ।
-उपयुक्त सेभिङ क्रिम, जेल वा साबुन लगाएर अनुहारमा सेभिङ ब्रसको सहयोगले राम्ररी दल्नुपर्छ । यसो गर्दा दाह्री नरम -मात्र हँुदैन, छालामाथिको मृतकोषिकासमेत हट्छ ।
-जेल वा फोम औँलाले होइन, सेभिङ ब्रसले अनुहारमा लगाउनुपर्छ । यसो गर्दा मजाले फिँज आउँछ, छालाको रक्तसञ्चार बढ्छ, अनुहारको व्यायामसमेत हुन्छ ।

-क्रिम राम्ररी लागेपछि दाह्री काट्न सजिलो हुने भइहाल्यो ।

-दाह्री काट्नुभन्दा अघि नै ब्लेड धारिलो छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ ।

-ब्लेडको गुणस्तर हेरेर, प्रयोग गर्दा दुखाएको छ कि, यो कुरा विचार गरेर निश्चित अन्तरालमा ब्लेड बदल्नुपर्छ ।
रेजरले अनुहारमा लामो स्ट्रोक्स लगाउनुपर्छ । यसो गर्दा ब्लेडमा दबाब कम पर्छ, राम्रो सेभिङ हुन्छ ।
-दाह्री काट्दा रेजरलाई बारम्बार पानीले सफा गर्नुपर्छ । यसो गर्दा रेजरमा अडकेको रौँ निस्किन्छ र राम्ररी काट्छ ।
-रेजरको प्रयोग रांै उम्रने दिशातिर गर्नुपर्छ । घाँटी, गाला, ओठ तल लगायत भागमा रांै उम्रने दिशा फरकफरक हुन्छ ।
-दाह्री काटेपछि अनुहार मनतातो वा सामान्य पानीले राम्ररी धोएर एन्टिसेप्टिक लोसन, फिटकिरी अनि जाडो याम भए मोइस्चराइजर लगाउनुपर्छ ।
-दाह्री काट्दा हुन सक्ने संक्रमणबाट जोगिन रेजरलाई सधैँ राम्ररी धोएर सुक्खा राख्नुपर्छ ।

-सातामा एक पटक तातो पानीमा उमाल्ने वा घाममा केही बेर राख्ने गर्दा संक्रमणको सम्भावना कम हुन्छ ।
-आफूले उपयोग गर्ने रेजर अरूलाई दिनु हुँदैन ।

-सैलुनमा दाह्री बनाउँदा ब्लेड नयाँ भएको र औजार संक्रमणमुक्त भएको सुनिश्चित गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया