Online Bichar
मंगलबार, कार्तिक २०, २०८१ | Tuesday, November 5, 2024

चितवन, ५ पुस २०८० । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

पुस ७ गते विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज (बिहीवार) एक सूचना जारी गरेर जनाएको हो।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने छन्।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारीसाधन लेवाटारमा रोक्नु पर्नेछ।

पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।

उक्त सडकका १९ वटा पुलमध्ये ४ वटा ४ वर्षअघि निर्माण भएका हुन् भने बाँकी १५ पुलको काम एकैसाथ थालिएको थियो।

तपाईको प्रतिक्रिया