Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, ५ पुस २०८० । झापाको दमक स्थित पाथीभरा एफ.एम.आजबाट १८औं वर्षमा प्रवेश गरेको छ । पूर्वाञ्चलकै पहिलो १००० वाट क्षमता भएको पाथीभरा एफ.एम. ९३.६ मेगाहर्जले १७ं वर्ष पूरा गरेर आजबाट १८औं वर्षमा प्रवेश गरेको हो । २०६३ साल पुस ५ गते आजकै दिन पाथीभरा एफ.एम.ले प्रशारण प्रारम्भ गरेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

दमक स्थित भृकुटी चोकबाट एक हजार वाटमा प्रशारण सुरु गरेको पाथीभरा एफ.एम.रेडियो १८ वर्ष सम्म आइपुग्दा अहिले दमक नगरपालिका-६ बेलडागी रोड स्थित दमक मलबाट गुञ्जीरहेको छ । बिहान ५ बजेदेखि राती ११ बजे दैनिक १८ घण्टासम्म प्रशारण भइरहेको पाथीभरा रेडियोमा स्थानीय तथा राष्ट्रिय समाचार, चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुँदै आएका छन् । यस रेडियोको सबस्टेशन मूर्तिडाँडा इलाममा रहेको छ । पाथीभरा रेडियो पुर्वका सबै ठाउमा र भारतको केही स्थान मा पनि सुन्न सकिन्छ ।

सो अवसरमा पाथीभरा एफ.एम. रेडियोका अध्यक्ष बलराम पराजुलीले रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पु¥याउनु हुने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ ।
यस्तै, रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति उच्च सम्मान समेत प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया