Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

झापा, ४ पुस २०८० । थ्रेसरमा बेरिएर झापामा एक पुरुषको मृत्यु भएको छ । धानमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका-२ सुगा बथान बस्ने ५७ वर्षिय नुनुवा टुडुको मृत्यु भएको हो ।

बुधबार (आज) बिहान ७ः३० बजेको समयमा आफ्नै खेतमा प्र.१-०१-००१ त ८०९२ नम्बरको टयाक्टरमा जोडेको थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिएर टुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । घट्नाबारे खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षकको टोली घट्नास्थलतर्फ गई लास तत्काल घट्नास्थलमा नै रहेको जनाइएको छ । थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली खटिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया