झापा, २८ मंसिर २०८० । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
हात्ती मृत अवस्थामा फेला परेको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय राजगढबाट प्रहरीको टोली गएर बुझ्दा सोही ठाउँको नगेन्द्र राईको बारीको सुटुनी खाई तोरी बारीमा उक्त हात्ती मृत अवस्थामा फेला परेको साथै बाहिरी चोटपटक केही नभएको जनाइएको छ । उक्त घट्नास्थलमा वन कार्यालयको कर्मचारी आई अनुसन्धान तथा कानूनी प्रक्रिया भइरहेको जनाइएको छ ।






