Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, २६ मंसिर २०८० । नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।

स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो ।

महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि उनले सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको पाइए पछि काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा पेश गरेको प्रमाण पत्रका बारेमा त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त्यो प्रमाण पत्र नक्कली रहेको पाइएको प्रहरी श्रोतले जनाएको छ ।

पक्राउ परेका गहतराजमाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया