Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १९ मंसिर । गुणस्तर तथा नापतौल विभागले वाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।

अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्पलाई कैद सजाय तोकिएको यो पहिलोपटक हो ।

यसअघ स्टान्डर्ड तापतौल ऐन २०१५ अनुसार कम परिणाममा इन्धन बेच्ने पम्पलाई १ हजार रुपैयाँ जरिवाना थियो ।

सरकारले मुलुकी देवानी संहिता ऐन २०७४ गत भदौ १ गतेबाट लागु गरेपछि विभागले पहिलो पटक कैद सजाय तोकेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया