Online Bichar
मंगलबार, जेठ ०५, २०८३ | Tuesday, May 19, 2026

बिर्तामाड । झापाको हल्दिबारी गाउँपालिका, वडा नं. १ (साविक गोलधाप गाविस) यही पौष ५ गते खुल्ला दिसामुक्त घोषणा हुने भएको छ । शनिबार गोलधापमा बसेको वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

हल्दिबारी–१ मा खुल्ला दिसामुक्त घोषणाका मापदण्ड पूरा भएकोले स्थलगत अनुगमन गरी घोषणाका लागि स्वीकृति प्रदान गर्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अनुरोध गरेअनुरुप जिल्लाबाट दुई चरणमा अनुगमन गरी सुझावसहित खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति दिन सकिने निस्कर्ष अनुगमन टोलीले निकालेको थियो ।

शनिबार भएको बैठकले पूर्ण सरसफाइ प्रवद्र्धनका लागि प्रत्येक घरधुरीमा घोषणाको पूर्वसन्ध्यामा पत्राचार गर्ने, घोषणा समारोहलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु गठन गर्ने र स्थानीय सामग्री प्रयोग गरी सबैभन्दा राम्रो चर्पी बनाउने घरधुरीलाई खुल्ला दिसामुक्त घोषणा समारोहको अवसरमा सम्मान गरिने निर्णय भएको हल्दिबारी गाउँपालिका वडा नं. १ का अध्यक्ष एवम् वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments