Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

काठमाडौं, १९ असोज २०८० । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने भएको छ ।

महिला अधिकार र मृत्युदण्डको अन्त्यका लागि सक्रिय मानव अधिकारकर्मी नर्गिस मोहमदी इरानको जेलमा रहेकी छन् ।

इरानमा महिला अधिकार लागि नर्गिसले गरेको संघर्षका लागि पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ । १२ वर्षको कारावास सजाय पाएकी नर्गिस मोहम्मदी अहिले तेहरानस्थित जेलमा रहेकी छन् ।

नोबेल शान्ति पुरस्कार पाउने १९औं महिला बनेकी नर्गिस मोहम्मदी सन् २००३ को नोबेल शान्ति पुरस्कार विजेता सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् । शान्ति पुरस्कारको राशि १० लाख डलर छ ।

 

तपाईको प्रतिक्रिया