Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

दाङ, १८ मङ्सिर  । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो ।

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो ।

झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीको मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया