Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, १५ असोज २०८० । झापामा चोरी भएको मोटरसाईकल सहित २ जना मानिस पक्राउ परेका छन् । प्रहरी चौकी महेशपुर झापाबाट खटिएको प्रहरी टोलीले सोमबार(आज)बिहान ७:३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं.४ तारानगर स्थितबाट मे.११ प.४३०७ नं.को सेतो कालो रङको FZ मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पक्राउ पर्नेमा झापा साबिक चकचकी-८ हाल बाह्रदशी गाउँपालिका वडा नं.२ का ३५ वर्षिय जफिर आलम र देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षिय मो.जुबेर रहेका छन् । उनिहरु दुवैले उक्त चोरी गरेको मोटरसाइकल डोर्‍याउँदै लैजादै गरेको अबस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएको २जना मानिस र बाइक सहित वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई अनुसन्धान गर्दै जादाँ उक्त मोटरसाईकल आज बिहान ४ बजेको समयमा जिल्ला ईलाम देउमाई नगरपालिका वडा नं.३ घर भई हाल बिर्तामोड नगरपालिका वडा नं.४ मेघावारी स्थित डेरा गरी बस्ने २० वर्षिय निश्चल राईको डेराबाट चोरी गरी लगेको खुल्न आएको थियो । दुवैलाई वडा प्रहरी कार्यालय भद्रपुर झापामा राखी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया