Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

झापा, ९ असोज २०८० । तीर्थयात्री लिएर पाथीभरा जाँदै गरेको बोलेरो आज बिहान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बिहान ४ः३० बजेको समयमा ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–३ बिजेपास्थित भित्री सडक खण्डमा तिरिङ्गेबाट पाथीभरा दर्शनको लागि जाँदै गरेको मे १ ज २१८६ नम्बर को बोलेरो सडकबाट अन्दाजी ७० मिटर तल झरी दुर्घटना भएको हो । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुजल मुदेलले बताए ।

घाइते हुनेहरूमा चालकसहितका १२ जना ताप्लेजुङकै पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेका र एक जना झापा बाह्रदशीका रहेका छन् । दुर्घटनामा बाह्रदशी २ बस्ने ४१ वर्षीय कर्णबहादुर कार्की घाइते भएका छन् । त्यस्तै दुर्घटनामा बोलेरो चालक ताप्लेजुङ पाथीभरा याङबरक गापा–३ तिरिङ्गे बस्ने २१ वर्षीय भक्त कार्की, सोही ठाउँ बस्ने ७० वर्षीय धनबहादुर डाँगी, ६२ वर्षीया फुलमाया बस्नेत, ३५ वर्षिया निर्मला बस्नेत , अन्दाजी २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षिया विमला डाँगी बस्नेत, ६ वर्षिया युनिसा बस्नेत, ४ वर्षिया स्वस्तिका बस्नेत, ४१ वर्षिया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत र ३८ वर्षीय चन्द्रबहादुर कार्की रहेका छन् ।
घाइतेमध्ये ७० वर्षका धनबहादुर डाँगीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर ओम थापा मगरले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया