Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ५ असोज २०८० । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका झापा हल्दिबारीका एक युवकको मृत्यु भएको छ । साबिक गोलधाप गाविस-३ हाल हल्दिबारी गाउँपालिका-१ निवासी होमनाथ भुर्तेलका कान्छी छोरीको जेठा छोरा विजय रिमाल मृत्यु भएको छ ।

साउदी अरब गएका उनको हप्ता दिनभित्रै मृत्यु भएको जनाइएको छ । त्यहाँ पुगेपछि बिरामी परेका कारण विजयको मृत्यु भएको नेपाली काँग्रेसका जिल्ला सदस्य इन्द्र कार्कीले जानकारी दिए ।

विजय गत साउन १५ गते रोजगारीको लागि साउदी गएका थिए । उनको शव शुक्रबार काठमाडौँ आइपुगेको र राति १ बजे सम्ममा गोलधाप ल्याइपुराउने जानकारी प्राप्त भएको छ । परिवारजनका अनुसार भोलि शनिबार बिहान १० बजे कनकाई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया