Online Bichar
बिहिबार, फाल्गुण १०, २०८० | Thursday, February 22, 2024

बिर्तामोड, १३ भदौ २०८० । झापाका महिला पत्रकारहरूको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा’ वृद्धिका लागि बिर्तामोड- ४ निवासी गङ्गा तिम्सिनाले आर्थिक सहयोग गरेकी छन् ।

परिवेश डिजिटल मिडिया प्रालिका अध्यक्ष तथा परिवेश मिडिया डटकमका सञ्चालक समेत रहेकी तिम्सिनाले आफ्नो जन्मदिनमा सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा ५ हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक नारी सञ्चार गृहको टोलीलाई हस्तान्तरण गरेको अक्षयकोष वृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।

महिला पत्रकारको क्षमता र दक्षता अभिवृद्धि, संस्थाको दीगोपनाका साथै सञ्चारको माध्यमबाट अन्य विविध क्षेत्रमा काम गर्ने उद्देश्यले संस्थाले स्थापना गरेको अक्षयकोषमा सामाजिक व्यक्तित्व, संघ, संस्था, स्थानीय सरकारले सहयोग गर्दै आएको छ ।

५० लाखको लक्ष्य राखेर शुरु गरिएको कोषमा हालसम्ममा ३६ लाख रुपैयाँ संकलन भएको जानकारी दिँदै संस्थाकी अध्यक्ष रेजिना गौतमले सहयोगी मनप्रति आभार व्यक्त गर्दै धन्यवाद दिइन् ।

 

तपाईको प्रतिक्रिया