Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ९ साउन २०८० । फिफा महिला विश्व कप फुटबलमा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् । न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन् ।

यो बराबरीसँगै समूह ‘ए’ का टोलीले १र१ अङ्क बाँडेका छन् । यसअघि आजै भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० र फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हराएको थियो । फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन् ।

जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठुलो भएको बताए । विश्वकपमा फिलिपिन्सको पहिलो जित हो । जित सहित फिलिपिन्सले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा फिलिपिन्स स्विटजरल्याण्डसँग २–० ले पराजित भएको थियो ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

 

तपाईको प्रतिक्रिया